इटहरी: विद्यालयलाई प्रविधिमैत्री बनाउदै पठनपाठनमा समेत सहजता दिलाउने उद्देश्यले सुनसरीको इटहरीमा रहेको सरस्वती सतन उच्च माध्यमिक विद्यालयले कम्प्युटर ल्याब सुरु गरेको छ ।

पछिल्लो समयमा शिक्षामा विज्ञान प्रविधिको महत्व बढी रहेकोतर्फ मध्यनजर गर्दै सहयोगीहरुले उपलव्ध गराएका कम्प्युटरहरुसहित ल्यावको एक कार्यक्रमका बीच प्रदेश नम्वर १ का सांसद लिलम बस्नेतले उद्घाटन गरेका थिए । सरस्वती सदन माविलाई पछिल्लो समयमा एडुटेक नेपालको सहयोगमा युनाइटेड मिशन टु नेपालले २० वटा कम्प्युटर उपलव्ध गराएको थियो ।

कार्यक्रममा विद्यालयलाई कम्प्युटर उपलव्ध गराउने एडुटेक नेपालका माइक र सेरिक किस्लम तथा युनाटेड मिशन टु नेपालका प्रमुख जोएल हयाप्रेन्सनलाई सरस्वती सदन उच्च माविका प्रध्यानाध्यापक बासुदेव कर्ण लगायतले सम्मान गरेका थिए । एडुटेक नेपालको सहयोगमा युनाटेड मिशन टु नेपालले सरस्वती सदन उच्च मावि, शारदा उच्च मावि बलाहा लगायतका सुनसरीका १० विद्यालयहरुलाई प्रतिविद्यालय २० वटाका दरले कम्प्युटर उपलव्ध गराएको छ ।