धरान : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहमती अनुसार पारित गनुपर्ने अडान राख्दै १६ औं पटक अनसन बसेका डा. गोविन्द केसीको जिवनरक्षाका लागि धरानमा पनि शान्तिपूर्ण र्याली निकालिएको छ ।

जनसरोकार मञ्च नेपालले शुक्रबार धरानमा डा. केसीको मागप्रति ऐक्यबद्धता जनाउदै ¥याली निकालेको हो । मञ्चका अध्यक्ष कृष्ण नारायण पलिखेको नेतृत्वमा छाताचोकदेखि निस्किएको शान्तिपूर्ण र्याली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले डा.केसीको जीवन रक्षा गरौं, सहमतीको पालना गर, जनता ढाट्न पाइदैन, सबै खाले माफिया होसियार, १६ औं पटकको अनशनको मुल्याङकन नगर्ने त्यो मुर्ख हो, डा. केसी शिक्षा र स्वास्थ्यको ढुकुटी होलगायतका प्ले कार्ड बोकर चर्को नाराबाजी समेत गरेका थिए ।

dr

र्यालीमा करिब ६० जनाको सहभागीता रहेको मञ्चका सचिब भक्तसिंह क्षेत्रीले बताए । पुष २५ गतेदेखि इलाममा अनसन बसेका डा.केसीको स्वास्थ्य अवस्था गम्भिर बनेपछि नेपाली सेनाको हेलिक्प्टरबाट गएराती काठमाडौ लगिएको छ । डा. केसीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइसियूमा राखेर उपचार भइरहेको छ । डा.केसीसंग सरकारले पटक–पटक बार्ता बसी चिकित्सा शिक्षा विधेयक समबन्धी सहमती गरेपनि बेवास्ता गरेपछि अनसन बस्दै आएका छन् ।