तेह्रथुम : लालीगुराँस नगरपालिका–८, सोल्माका महिलालाई सुरक्षित प्रसुति सेवाप्रति प्रोत्साहन गर्न वडा कार्यालयले गर्भवती उत्प्रेरणा तथा सुरक्षित सुत्केरी सेवा कार्यक्रम सञ्चालन गरेको छ ।

वडा कार्यालयले शुक्रबार वडामा विशेष कार्यक्रमको आयोजना गरी वडा क्षेत्रका १० जना महिलालाई १ थान कोक्रो, १ थान कोक्रोमाथि राख्ने झुल र कोक्रामा ओछ्याउने न्यानो कपडा वितरण गरेको छ । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा वडा क्षेत्रबाट प्रसुति सेवा लिने महिलाहरुलाई उत्प्रेरित गर्न तथा सबै गर्भवतीलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन उक्त सामाग्रीहरु वितरण गरिएको वडाध्यक्ष तुलसी खनालले बताए ।

वडाको यस्तो कार्यक्रमले महिलाको प्रजनन् स्वास्थ्य अधिकारलाई सुरक्षित राख्न सहयोग पु¥याउने रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिकाप्रसाद खनालले बताए । वडा कार्यालयले अब स्वास्थ्य चौकीबाट प्रसुति सेवा लिनासाथ उक्त सामाग्रीहरु वितरण गर्ने जनाइएको छ ।