पथरी : पथरीशनिश्चरे नगरपालिका वार्ड न. १० मा रहेको डासमोरङ्गि सामुदायिक बनको अध्यक्षमा पुनः जीवन कटुवाल निर्वाचित हुनुभएको छ ।

कटुवालले रुद्र बा. दहाल लाई १६ मतले पछी पार्दै दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन । शनिबार भएको निर्वाचनबाट  उपाध्यक्षमा जगत तिवारी निर्वाचित भएका हुन । उपाध्यक्ष पदमा तिवारीले १२४ मत, दीपक राईले ९७ मत, जनक खड्काले ९० र दिपेन्द्र दहालले २४ मत प्राप्त गरेका छन ।

यस अघि पौष २८ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट सचिबमा दोश्रो पटक गिता खड्का ,सह सचिबमा इन्द्र बहादुर कार्की र कोषाध्यक्ष उपेन्द्र कटुवाल निर्बिरोध निर्वाचित भएका थिए ।