धरान :  केन्द्रिय प्रबिधि क्याम्पस हात्तिसारले स्नातक प्रथम बर्षमा भर्ना भएका एक सय पचास जना नव आगन्तुक बिध्यार्थिहरुका लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ।

क्याम्पस स्थित सभाहलमा भएको कार्यक्रमको अध्यक्षता सहायक क्याम्पस प्रमुख डा. दिल कुमार लिम्बुले गरेका थिए। कार्यक्रममा क्याम्पसमा उपलब्ध सेवा, सुबिधा तथा गुणस्तरीय शिक्षाका लागि बिध्यार्थिहरुले पालना गर्नु पर्ने नियम तथा आचारसंहिताका बारेमा माइक्रोबायोलोजिका बिभागिय प्रमुख उप प्राध्यापक शिव नन्दन शाहले कार्य पत्र प्रस्तुत गरेका थिए । बिध्यार्थी, शिक्षक र कर्मचारी क्याम्पसको महत्वपूर्ण पिलर भएको हुदा, क्याम्पसको बिकासमा सबैले मिलेर अगाडि बढ्नु पर्ने सहायक क्याम्पस प्रमुख हेमन्त खनालले बताए ।

student-welcome2-

माइक्रोबायोलोजी संकायको बिकासमा क्याम्पस ब्यबस्थापन समिती सधै सचेत रहेको क्याम्पस संचालक समितिका अध्यक्ष तथा प्राध्यापक पशुपति मिश्रले बताए। यो नेपालकै उत्कृष्ट क्याम्पस रहेको र यहाँ अध्ययन गर्ने जो कोहि बिध्यार्थीले उत्कृष्ट ल्याब सेवा, पुस्तकालय सेवा र आधुनिक माध्यमबाट अध्यन गर्न पाउने कार्यक्रमका अध्यक्ष तथा सहायक क्याम्पस प्रमुख डा .दिल कुमार लिम्बुले बताए।
कार्यक्रममा विभिन्न सन्कायका बिभागिय प्रमुखहरु, बिध्यार्थी बिभाग प्रमुख अर्जुन घिमिरे, स्वबियु सभापती सौरब सन्जेल लगायतले मन्तब्य राखेका थिए