इटहरी । अपाङ्गता भएका बालवालिकाहरुको उपचारका लागि सुनसरीको इटहरीमा निर्माण हुन लागेको अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको शिलान्यास गरिएको छ ।

प्रदेश नं १का सामाजिक विकास मन्त्री जिवन घिमीरेले एक कार्यक्रम विच अपागं बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको शिलान्यास गरेका हुन । आठ कठ्ठा तीन धुर जग्गामा निर्माण थालिएको अस्पतालको निर्माण कार्य ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण हुने अपागं बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र क्षेत्रीय पुर्नस्थापना केन्द्र इटहरीका अध्यक्ष दिनेश रसाइलीले जानकारी दिए । भवन निर्माणका लागि प्रदेश नम्वर १ सामाजिक विकास मन्त्रालयले ३० लाख , इटहरी उपमहानगरपालिकाले १० अन्य क्षेत्रबाट १० लाख सहयोग जुटी सकेको समेत अध्यक्ष रसाइलीले वताए ।

पहिलो चरणमा ६२ लाख रुपौया वरावरको लागतमा निर्माण सम्पन्न हुने र योजना अनुसार निर्माण कार्य सम्पन्न भई अस्पतालका लागि सामाग्रीहरु समेत गरी कुल १८ करोड पुग्ने पुर्व अनुमान गरिएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य उमिता बराइली ,सर्वध्वज साँवा र उद्योग बाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेस विष्ट लगायतको सहभागीता रहेको थियो ।