इनरुवा : सुनसरीको सदरमुकाम इनरुवा गैरकानुनी रुपमा खोलिएको ऐलेन कलेज सिटीईभिटिबाट समबन्धन नलिई खोलिएको ऐलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि लाई कारवाही गर्न सुनसरी प्रशासनमा माग गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीले मंगलवार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उपे्रतीलाई लिखित पत्र पठाई दर्ता नभई गैरकानुनी रुपमा इन्जिनियरिङ कलेज संचालन गरि ठगी समेत गरेकाले कारवाहीको माग गरेको हो ।
इनरुवा नगरपालिका १ स्थित शान्ती चौक पुर्व तर्फको दुहवी इनरुवा सडक खण्डमा अबैध रुपमा संचालित ऐलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि इनरुवाले मान्यता नपाएको अवश्थामा विद्यार्थी भर्ना गरि अवैध रुपमा रकम असुल गर्ने गरेको अभिभावकहरुले उजुरी गरेपछि सिटिईभिटीले सो पत्र पठाई कारवाहीको माग गरेको हो ।

स्रोतका अनुसार इनरुवा १ का मनोजकुमार मेहता अध्यक्ष र विनोद शर्मा संचालक रहेको ऐलेन कलेज अफ इन्जिनियरिङ प्रालीले विद्यार्थीलाई बिभिन्न प्रलोभनमा पारेर अत्यधीक बढी शुल्क लिनुका साथै दर्ता बिना कम्प्युटर सिस्टम एण्ड डेभलोपर १३२० घण्टाको कार्यक्रम संचालन गरेको पाईएकाले आवश्यक कानुनी कारवाही अगाडी बढाइदिन हुन भनी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद पुर्व क्षेत्र क्षेत्रिय कार्यालय इटहरीका निर्देशक डा. शिवप्रसाद दाहालले सुनसरी प्रशासनलाई आग्रह गरेका छन ।

सिईटिभीटीबाट मान्यता प्राप्त भन्दै नियम अनुसार दर्ता नै नभएको ऐलेन कलेज अफ इन्जिनियरिङ प्रालिले अभिभावक र बिद्यार्थीहरुलाई ठगी गरेको भन्दै इटहरी स्थित अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा कारवाहीको माग गरि अभिभावकहरुको तर्फबाट हरिनगर गाउँपालिका वडा नम्बर २ भुटाहाका कौशलकिसोर कर्णले समेत उजुरी दर्ता गराएका छन ।

सम्बन्धित निकायको सम्बन्धन बिना नै सिटिभिटीबाट मान्यता प्राप्त भन्दै नियम अनुसार लाग्ने शुल्क भन्दा बढी शुल्क लिई सो कलेज कम्प्युटर सिस्टम एण्ड डेभलोपर अबैध रुपमा संचालित गर्दै आएको हुदाँ युवा तथा विद्यार्थीहरुलाई प्रलोभनमा पारी इन्जिनियरिङ शिक्षाका नाममा प्रति विद्यार्थीबाट एक लाख पच्चिस हजार रुपैँया असुल गरि ठगि गरेको विद्यार्थीहरुले बताएका छन ।

सदरमुकाममाको मुख्य बजार क्षेत्रमा दुई बर्ष देखी संचालनमा रहेको ऐलेन कलेज अफ इन्जिनियरिङ प्रालीले ठगि गर्दै अबैध रुपमा कलेज संचालन गर्दा समेत सरोकारवालाहरुले जानकारी पाएका थिएनन् ।
२ बर्षदेखी सयौ विद्यार्थीहरुबाट लाखौ रकम असुल गरि अबैध रुपमा कलेज संचालन गरेर लाखौंको राजश्व छलि समेत गरेकाले संचालकहरुलाई पक्राउ गरि कारवाही गर्न अभिभावकहरुले माग गरेका छन ।