इनरुवा ः सुनसरीको दुहबी नगरपालिका वडा नं. ८ मा रहेको स्वास्थ्य चौकीका स्वयम् सेविकाहरुलाई साईकल बितरण गरिएको छ ।

वडा नम्बर ८ सोनापुर स्वास्थ्य चौकीमा बुधबार एक कार्यक्रम गरी ७ जना स्वयम् सेविकाहरुलाई प्रोत्साहान स्वरुप साईकल बितरण गरिएको हो।

दुहबी नगरपालिका वडा नम्बर ८ को कार्यालयले साईकल वितरण कार्यक्रम आयोजना गरेको थियो । वडाभरि स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले सोनापुर स्वास्थ्य चौकीका ७ जना स्वयम् सेविकाहरुलाई कार्यालयले साईकल दिएको हो। स्वयम् सेविकाहरुलाई साईकल दिएर सेवा गर्ने मनोबल बढाएको कार्यालयले जनाएको छ । महिला स्वयम् सेविकाहरले भनेअनुसार आफुहरुले समाजमा गरेको सेवाको उचित मुल्यांकन गरेको प्रतिक्रिया दिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति दुहबी नगरपालिका कार्यबाहक नगर
प्रमुख सुनिता दाहाल शाह रहेका थिए भने बिशिष्ट अथितिमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख उचित नारायण शाह अथितिहरुमा वडा नं.९ का कार्यबाहक वडा अध्यक्ष सतिश कुमार चौधरी, वडा नं. ८ का वडासदस्य बिनय दाहाल विभिन्न संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवाहरु, राजनितिक दलका प्रतिनिधि ,स्वास्थ्यकर्मी , सञ्चारकर्मी लगायतका उपस्थिति रहेका थिए ।

सो कार्यक्रमा प्रमुख अथिति सुनिता दाहाल साहले बोल्ने क्रममा आउने कार्यपालिकाको बैठकमा १२ वट्टै वडामा कार्यरत रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई विभेद् नगर्ने गरी काम गर्न सरल र प्रोत्साहान स्वरुप साईकल बितरण गर्न सम्पुर्ण वडालाई बैठकमा आग्रह गर्ने र थप सेवा सुबिधाहरु उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गरेको छ ।

कार्यक्रमको अध्यक्षता ८ नं. वडा अध्यक्ष तारिकचन्द सरदारले गरको थियो भने
कार्यक्रमको सहजिकरण सोनापुर स्वास्थ्य चौकीका प्रमुख जिवन खड्काले गरेका थिए ।