धनुषा – जनकपुर अस्पतालबाट भागेका कैदी पक्राउ परेका छन् । बिहीबार राति उपचारका लागि जनकपुर अस्पतालमा भर्ना गरिएको बेला कैदी रञ्जित यादव फरार भएका थिए ।

भागेका कैदी यादवलाई बिहीबार राति नै जनकपुरको रेल्वे स्टेशन क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

चोरी मुद्दामा यादव गएको मंसिरदेखि पूर्पक्षका लागि जलेश्वर कारागारमा रहेका थिए । उनलाई एपेन्डिक्सको उपचारको लागि बिहीबार राति तीनजना प्रहरीको निगरानीमा जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेको थियो । उनी अस्पतालबाटै फरार भएका थिए ।