इनरुवा ः सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका ४ स्थित मिर्मीरे टोलकी एक किशोरीले अभिभावकसगँ सामान्य विवादको निहुँमा एकै पटक दुई दर्जन बढी पारासिटामोल खाएर विरामी परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घरायसी सामान्य झगडा हुदाँ शिवनारायण साहकी १९ वर्षिय छोरी संगीता साहले राती १० बजेको पारासिटामोट नाम गरेको औषधी २५ ट्यावलेट सेवन गरेकी थिइन् । बढी औषधी सेवनबाट स्वास्थ्यमा गम्भीर असर पुगे पछि उनको इनरुवा अस्पतालमा भर्ना गरेर उपचार भै रहेको प्रहरीले जनाएको । हाल ती किशोरीको स्वास्थ्यमा सुधार हुदै आएको सुनसरी प्रहरीले जनाएको छ ।