धरान : सि.एस.आइ.टी एसोसिएसन पूर्वाञ्चलले विरेन्द्र मेमोरियल कलेजसँगको सहकार्य र आयुष्मा क्रिएसनको सहयोगमा गेम डेभलप्मेन्ट वर्कसप फेज वानको समुद्घाटन गरेको छ । उक्त वर्कसप विशेष गरेर बि एस् सी. सिएस. आइटीका विद्यार्थीका लागि गरिएको हो ।

उक्त वर्कसप माघ ११ र १२ गते सम्म सञ्चालन हुनेछ । वर्कसपमा विराटनगर, इटहरी र धरानका विद्याथीहरु सहभागी छन्। वर्कसपको फेज टु पुन सेलेक्टेड विद्यार्थीहरुका लागि मात्र आयोजना गरिने आयोजकले जानकारी गराएको छ । यस्ता कार्यक्रमले विद्यार्थीहरुमा आवश्यक प्राविधिक सीपको विकास हुने सि एस आइ टी एसोसिएसनका सदस्य पौजन राइले जानकारी गराएका छन् । वर्कसप सफ्टवेयर डेभलपर अनुप न्यौपानेद्वारा सहजिकरण गरिएको छ ।