इनरुवा : सुनसरीको दुहबी नगरपालिकामा रहेको महेन्द्र मेमोरियल एकेडेमीको ३७ औं वार्षिक उत्सवमा १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरेले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा नितिलाई उच्च प्राथमिकतामा राख्ने बताउदै  प्राविधि मैत्री शिक्षा हुनुपर्नेमा जोड दिए ।

शुभकामना मन्तव्य दिदै मन्त्री घिमिरेले शिक्षा निति र संरचना वृहत सुधार गर्दै लैजाने छलफलको विषय रहेकोले शैषिक गुणस्तर सुधारकालागि १ नम्बर प्रदेश सरकारले चाँडैनै शिक्षा विध्येक पेश गर्ने र यसकालागि सुझावको अपेक्षा राखे ।

शुक्रबार दुहबी रंगशालामा भएको ३७ औं बार्षिक उत्सवको अवसरमा शिक्षा तथा खेलकुद क्षेत्रमा योगदान गरेको भन्दै श्री सरस्वती मावि दुहवीका प्रधान अध्यापक नगेन्द्रलाल देव, थर्ड आइ पब्लिक स्कुल सोनापुरका प्रिन्सिपल पुरुषोत्तम राई, हिमशिखर वोर्डीङ स्कुलका प्रिन्सिपल भुपनारायण भगत, महेन्द्र मेमोरियल एकेडेमी दुहबीका खेल शिक्षक सन्तोष तामाङलाई १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री घिमिरेले दोसल्ला ओढाइ सम्मान पत्र सहित सम्मान गरे ।

कार्यक्रममा महेन्द्र मेमोरियल एकेडेमी दुहबीका उत्कृष्ट विधार्थी, खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा महेन्द्र मेमोरियल एकेडेमी दुहबीका कार्यकारी निर्देशक निश्चलराज शाक्यले महेन्द्र मेमोरियल एकेडेमीको वार्षिक कार्य प्रगती एवं भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा बिशिष्ठ अतिथि मनमोहन स्मृति पोलीटेक्निक बुढीगंगा मोरङका प्राचार्य सुभासश्री पोखरेलले शुभकामना दिदै विद्यालयलाई उन्नत बनाउँनका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । उक्त कार्यक्रममा महेन्द्र मेमोरियल एकेडेमीका विद्यार्थीहरुले समाजिक संस्कृति झल्कीने नृत्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बिशिष्ठ अतिथि दुहवी नगरपालिकाका कार्यवाहक प्रमुख सुनिता दाहाल साह महेन्द्र मेमोरियल एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज शाक्य, प्राचार्य रिना शाक्य, स्थानिय विद्यालयका प्रअहरु, अभिभावक, विधार्थी, पत्रकार लगायतको उपस्थिीति रहेको थियो ।