इनरुवा : सुनसरीको दुहवी नगरपालिकामा ६६ औं कुष्टरोग दिवसको अवसरमा सरोकारवाला निकायका प्रमुख प्रतिनिधि तथा जनप्रतिनिधिहरुसँग अभिमुखिकरण र दुहवीमा कुष्टरोग प्रभावितहरुलाई कम्वल बितरण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा कुष्टरोगको अवस्था, परिभाषा, रोकथाम र जटिलताको विषयमा जानकारी दिएको थियो । दुहवी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा दुहवी नगर स्वास्थ्य प्रमुख उचित नारायण साहले सहजीकरण गरे ।

नेपालमा नेपाल कुष्टरोग संगती सुनसरीको सहयोगमा दुहवी नगरपालिकाका कार्यवाहक प्रमुख सुनिता दाहाल साह कार्यक्रमका बिशिष्ठ अतिथि दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले १४ जना कुष्टरोग प्रभावितहरुलइ कम्वल सेट वितरण गरे ।

कार्यक्रममा दुहवी नगरपालिकाका जनप्रतिनिधि, स्थानिय संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिीतिमा कार्यक्रम सम्पन्न भएको दुहबी नगर सवास्थ्य प्रमुख उचित नारायन साहले जानकारी दिए ।