इनरुवा : सुनसरीको रामधुनी नगरपालिकामा सामाजिक कार्यमा आदिवासी थारु महिलाहरू पछिल्लो समय सक्रिय हुन थालेका छन् ।

शनिबार रामधुनी ४ लालपुरमा थारु महिलासभा सुनसरीको आयोजनामा भएको आखा शिविरमा १ सय जनाले आखा जाच गराएको त्यसमध्ये २५ जनाको आखामा मोतिया बिन्दु भेटिएको छ । नेपाल नेत्र ज्योति संघ र इटहरी अस्पतालको सक्रियता आखा जाच गरीएको थियोे ।

शिविरमा आयोजक संस्थाकी अध्यक्ष शुसिला लेखी, रामधुनी महिला सभाकी अध्यक्ष सिता चौधरी लगायतका महिलाहरु स्वयमसेवकको रुपमा खेटेकी थिइन् ।