धरान: शहिद दिवशको अवसर पारेर मदिरा व्यावसायी संघ धरानले यस वर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा संघले सोमबार रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा ‘दोस्रो रक्तदान कार्यक्रम’ गरेको हो । रक्तदान कार्यक्रमबाट ५७ पिण्ट रगत संकलन भएको कार्यक्रम संयोजक हरिकृष्ण श्रेष्ठले बताए । संस्थाका पदाधिकारी र सुभेच्छुकहरुले रगत दिएको उनको भनाई छ ।

S6910002

संघले सामाजिक सेवा अन्तरर्गत रगत अभावलाई पूर्तिको लागि रक्तदान कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष नविन तामाङले बताए । शहिद दिवश मात्र १६ गते परेपनि सोमबार व्यावसायीहरुको पसल बन्द हुने हुनाले सोमबार राखिएको उनले बताए । कार्यक्रममा रगत दाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । उक्त प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि धरान उपमहाागरपालिकाका कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदी, अध्यक्ष तामाङलगायतले प्रदान गरेका थिए ।

खुट्टा गुमाएका बाँनियालाई आर्थिक सहयोग

सोही कार्यक्रममा देब्रे खुट्टा गुमाएका झापा अर्जुनधारा–६ का केवल बाँनियालाई संघले नगद २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । दश वर्षअघि देब्र खुट्टा गुमाएका बाँनियाको दाहिने खुट्टामा समेत विगतकै जस्तो समस्या देखिन थालेपछि उपचारको लागि आर्थिक अभाव भएकोले थप उपचारको लागि आर्थिक सहयोग गरिएको संघका अध्यक्ष तामाङले बताए । संघले व्यावसायीहरुसँग उक्त रकम संकलन गरेको उनले बताए ।

करिब दश वर्षअघि देब्रे खुट्टाको कुरकुच्चामा सामान्य घाउँ आएर घुँडासम्म फैलिएपछि चिकित्सकले खुट्टा काट्नु पर्ने सुझाब दिएका थिए । चिकित्कसको सुझाब अनुसार को सुझाब अनुसार उनको देब्रे खुट्टा काटिएको थियो । अहिले दाहिने खुट्टामा पनि सोही प्रकृतिको समस्या देखा परेको छ ।

S6890009