धरान : मञ्जुश्री सम्बत् २८५५ तथा ल्होसार सम्बत् २१४६ को अवसरमा फेन्दे हिमालयन सोरिग सेन्टरले धरानमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ ।

फेन्देको धरान शाखामा माघ १२ र १३ गतेदेखि शिविर गरिएको हो । दुई दिने शिविरमा २ सय ५० जनाले स्वास्थ्य परिक्षण गरेको फेन्देका पूर्वाञ्चल संस्थापक राजेन्द्र स्याङबोले बताए । उनका अनुसार शिविरमा धनकुटा, भोजपुर, संखुवासभालगायतका पूर्वी पहाडी जिल्लाका विरामीहरु स्वास्थ्य चेकजाँचको लागि आएका थिए ।

शिविरमा फेन्दे हिमालयन सोरिग सेन्टरका प्रबन्ध निर्देशक सोरिग विशेषज्ञ डा.तेन्जीङ धार्के गुरुङ र बनारस यूनिभरसिटिबाट विशेषज्ञ डा. ङावङ ग्याछो लामाले विरामीको चेकजाँच गरेका थिए । शिविरमा पेटको क्यान्सर, पाठेघरको क्यान्सर, ग्याष्ट्रिक, पिनास, बाथ रोग, ढाडको समस्या लिएर विरामीहरु धेरै आएको डा. तेन्जीङ धार्के गुरुङले बताए । ‘शिविरमा ग्याष्ट्रिक पिनास, यूरिक एसिड, ढाडको समस्या जस्ता रोगबाट गुज्रिरहेका विरामी धेरै भेटिए,’ डा. गुरुङले भने ।

शिविरमा नसा, यूरिक एसिड, बाथ रोग, स्त्री रोग, महिनावरी गडबडी, सेतापानी बग्ने, पायल्स, हडि खिएको, जण्डीसलगायतका रोगहरुको चेकाँचसाथै उपचार गरिने गरिएको थियो । साथै, होर्मे थेरापी, अकुपञ्चर, मोक्साभेसन थेरापी, कपिङ थेरापी, जण्डीस थेरापीलगायतका थेरापीबाट पनि रोग जाती गरिने स्याङबोले बताए । शिविरमा विहानदेखि बेलुकासम्म चेकजाँच गरिएको थियो । त्यसैगरी, झापाको विर्तामोड सेन्टरमा पनि माघ १० र ११ गते निःशुल्क शिविर गरिएको थियो । विना अप्रेशन तथा विना साइड इफेक्ट सोरिग पर्दतीबाट विरामीहरुको उपचार गरिन्छ । ३ हजार भन्दा माथी उचाइको हिमाली जडिबुटी, नारी परिक्षण पर्दती, सम्पूर्ण दिर्घ रोगहरुको उपचार गरिदै आएको छ ।