धरान : नयाँ शक्ति पार्टि नेपालको एक महिने ‘जनसंवाद यात्रा’ मङ्गलबारबाट पाँचथरको चिवाभञ्ज्याङदेखि सुरु भएको छ ।

पुर्वप्रधानमन्त्री एवं पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले यात्रा असल राजनीतिको विकासका लागि भन्दै बैकल्पिक पार्टी निर्माण गरेर समावेशी विकास, समृद्ध नेपाल, सुशासनका लागि स्थानीय निकाय, सरोकारवालाबिच जनसंवाद र जनगुनासो लिएर भावि रणनीति बनाउने भन्दै एक महिना लामो समयसम्म मध्यपहाडी र पुष्पलाल लोकमार्गमा यात्रा गरिएको बताए ।

डा. भट्टराईले मङ्गलबार विहान ८ बजे चिवाभञ्ज्याङबाट यात्राको शुभारम्भ गरेको हो । प्रतिकुल समयमा हिउँले ढाकिएको अति दुर्गम गाउँबाट नयाँ शक्ति पार्टी नेपालले यात्रा शुभारम्भ गर्दै असल राजनीतिक लागि असल पार्टि आवश्यक पर्ने, असल राजनीतिक पार्टिका लागि असल नेता कार्यकर्ता आवश्यक रहेको, अबको असल र वैकल्पिक पार्टिको रुपमा स्थापना गरी देशलाई समृद्धितर्फ धकेल्ने पार्टिको धारणा छ ।

naya-sakti

एक नम्बर प्रदेशको पाँचथरको चिवाभञ्ज्याङदेखि सुरु भएको जनसंवाद यात्रा प्रदेश नं. ७ को बैतडीको झुलाघाट पुगी सम्पन्न हुनेछ ।
‘समृद्धि सबैका लागि, सधैंका लागि’ भन्ने मुलनारा सहित यात्राको शभारम्भ गरिएको एक नं. प्रदेशका पार्टि प्रवक्ता दलमर्दन कामीले बताए । प्रदेश १ को चिवाभञ्ज्याङबाट सुरु भएको यात्रा माघ २१ गत्तेसम्ममा लोकमार्गले भेट्ने तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर र ओखलढुंगाका ५ देखि १० कि.मी भित्र रहेका मुख्य शहर गाउँ बस्तीमा पुगि स्थानीय जनप्रतिनिधि, सरोकारवाला र प्रत्यक्ष जनता सङ्ग जनसंवाद तथा प्रशिक्षण, कोणशभा, जनशभा जस्ता कार्यक्रम सम्पन्न गरि सोही दिन मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने प्रदेश नम्बर ३, सिन्धुलीको ग्वाल्टार बाट अगाडि बढ्ने प्रवक्ता कामीले बताए ।