इनरुवा:सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ भुटाहामा रहेको होली लाईफ पब्लिक स्कुलले सहिद दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

स्कुलले स्थापनाकालदेखि नै शहिद दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको छ । यो बर्ष पनि सहिद दिवसको अवसरमा बुधबार एक कार्यक्रम आयोजना गरी आफ्ना ३ सय १० विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । सुनसरीको दक्षिण क्षेत्र हरिनगर १ स्थित भुटाहा बजारमा अवस्थित सो स्कुलमा भुटाहाका गरिब तथा जेहेन्दार कक्षा १ एक देखि १० सम्मलाई शैक्षिक सामग्री वितरण गरिएको प्रिन्सिपल आजाद अन्सारीले जानकारी दिए ।