झापा: प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन् । उनी यति एयरलाइन्सको जहाजमार्फत भद्रपुर विमानस्थल हुदै गृहजिल्ला आएका थिए । विमानस्थलमा उनलाई भव्य स्वागत गरिएको थियो ।

प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबीन्द्र अधिकारी, महान्यायधिवक्ता अग्नि खरेल पनि सहभागी छन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलबाट प्रधानमन्त्री ओलीले दमकमा आयोजित प्रदेश १ स्तरीय बृहत बाल महोत्सवको उद्घाटन समारोहमा सहभागी भएका थिए ।

51366962_371675676720576_48

महोत्सवको प्रमुख अतिथिकोरुपमा उनले ५ दिने महोत्सवको उद्घाटन गरे । साथै, समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले संसारलाई आश्चर्यचकित हुने गरी एक बर्षमा काम गरेको दाबी गरे । विश्वको ध्यानआकृष्ट हने गरी विश्वमञ्चहरुमा आफुले कुरा राखेको उनको भनाई थियो । हालै मात्र डाभोसमा भएको विश्व आर्थिक मञ्चमा सहभागी भएर फर्किएका ओलीले सोही मञ्चमा नेपाल सरकारले गरेको कामहरुबारे जानकारी गराउदा संसार आश्चर्यचकित भएको बताए ।

50936401_606418776475106_24

प्रधानमन्त्री ओलीले आजै नेपालको पुरानो सहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुलको पनि उद्घाटन गरेका छन् । यस्तै, प्रधानमन्त्रीले आजदेखि चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गर्ने र काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । विसं २०२६ बाट चन्द्रगढी–काठमाडौँ उडान भर्न शुरु गरेको चन्द्रगढी विमानस्थलमा दैनिक एक हजार बढी यात्रु आउने जाने गरिरहेको छ । यहाँबाट दैनिक बुद्धएयरका दुई वटा, यतिका दुई वटा, श्री एयरका दुई वटा र हप्तामा तीन पटक नेपाल एयरलाइन्सले काठमाडौँसम्मका उडान भरिरहेका छन् । फ्रेबु्रअरी १० देखि नियमित रात्रिकालीन सेवा दिने बुद्धएयरले बुधबार राति परीक्षण उडानसमेत गरेको थियो ।

50916936_373183270159151_22 50936447_617223298722014_11

51525135_1036760439827623_2 50887201_625573974564404_77