सुनसरी:सि.बि.कलेज इटहरी र प्रिमियर होटल स्कुल इटहरीले प्राथमिक तहका १ सय १० भन्दा बढी बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

बिहीबार आयोजित एक कार्यक्रममा पकली मावि, इटहरी १७ का प्राथमिक तहमा अध्ययनरत विपन्न वर्गका बालबालिकाहरुलाई न्यानो स्वेटर वितरण गरिएको हो । पकली स्कुलको हलमा आयोजित कार्यक्रममा सिवी कलेज तथा सगरमाथा कलेजका अध्यक्ष दिनेश भट्टराई र प्राचार्य सागर भट्टराईले स्वेटर लगाइदिएर कार्यक्रमको उद्घाटन गरेका थिए । अधिकांश मुसहर जातिका बालबालिका जाडो याममा पनि नाङ्गो खुट्टा र पातलो कपडामा विद्यालय आउँदा पठनपाठनमा असर पुगेपछि सहयोग दुवै कलेजले सहयोग गरेको हो ।

51100919_481315049064780_70

सिवि कलेजको सामाजिक सहकार्य कार्यक्रमअन्तर्गत वितरीत न्यानो कपडामा प्रिमियर होटेल र लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीले पनि सहकार्य गरेको हो । कार्यक्रममा कलेजका अध्यक्ष दिनेशकुमार भट्टराई, प्राचार्य सागर भट्टराई र प्रिमियर होटेल स्कुलको सहसचिव तथा प्याब्सन सुनसरीका उपाध्यक्ष नेल्सन थानेश्वर ढकालले मन्तव्य राखेका थिए । कार्यक्रममा सिवि कलेजका लेखा संयोजक दयाराम भट्टराई, प्रमुख शैक्षिक सल्लाहकार डा.दिवाकर रेग्मी, संचालक खेमराज बास्तोलाको उपस्थिति रहेको थियो । विद्यालयका शिक्षक हरिराम भट्टराईले संचालन गरेको कार्यक्रमको अध्यक्ष देवनारायण चौधरी रहेका थिए ।

4