इनरुवा : सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ७ भलुवाको खेल मैदानमा गोल्डेन स्टार युथ क्लब भलुवाले आयोजना गरेको १ दिने निः शुल्क पशुहरुको स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ ।

निःशुल्क पशुहरुको स्वास्थ्य शिविर गोल्डेन स्टार युथ क्लब भलुवाको आयोजना तथा दुहवी नगरपालिका वडा नम्वर ७ कार्यालयको सहयोगमा त्यस वडा अन्तरगत रहेको कृषकहरुले निःशुल्क पशुहरुको स्वास्थ्य शिविरमा आ–आफ्नो गाई, भैसी, गोरु, बाख्रा, कुखुरा, हाँस लगायतको स्वास्थ्य परिक्षण गरि परामर्श र औषधी उपचार सेवा दिइएको आयोजकले जनाएको छ ।

सो शिवीरमा पशु चिकित्सक, प्राबिधिकहरु लगायतले सेवा दिएको थियो । ग्रामिण क्षेत्रका कृषकहरुलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गर्नकालागि १ लाख सहयोग गरेको ७ नम्वर वडाध्यक्ष बिजय चौधरीले जानकारी दिए ।

सो कार्यक्रमका प्रमुख अतिथि ७ नम्बर वडाध्यक्ष बिजय चौधरीले दूध, मासू र अण्डा उत्पादन वृद्धी गरी आत्मनिर्भर तथा कृषकको आयआर्जन वृद्धीका लागि प्राथमिकता दिइने बताए । कार्यक्रममा रामगञ्ज शाखा सिंचाइ योजना उपभोक्ता समितिका अध्यक्ष टेकचन्द बिश्वास, ७ नम्बर वडाका वडा सदस्यहरु, समाजसेवी, वुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

निस्शुल्क पशुहरुको स्वास्थ्य शिविर गोल्डेन स्टार युथ क्लब भलुवाका अध्यक्ष पशुपती सरदारको अध्यक्षतामा सम्पन्न भएको थियो ।