सुनसरी: सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको वराह राइजिङ इङलिस सेकेण्डरी स्कुलले आइतबार १५ औं अभिभावक दिवस सम्पन्न गरेको छ ।

२०६० साल बाट चतरामा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउने उद्देश्यले स्थापना भएको स्कुल सफलतापुर्वक १४ औं बर्ष पुरा भई १५ बर्षमा प्रवेश गरेको छ । अभिभावकहरुसँग भेटघाट गर्न तथा विद्यार्थीहरु र बिधालयको गतिविधि अभिभावकहरुलाई प्रत्यक्षरूपमा जानकारी गराउन अभिभावक दिवस मनाउने गरेको सभापति मणि राईले बताए । पढाई बाहेक खेलकुद, गीत, संगीतमा पनि स्कुलले जोडदिएको र विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनको अवसर दिएको उनले बताए ।

अभिभावक दिवसको अवसरमा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले गायन, नृत्य, कराते, काता लगायत दर्जन प्रस्तुती दिएका थिए । अभिभावक दिवसको अवसरमा अभिभावकहरुलाई समेत विभिन्न खेलमा सहभागी गराइएको थियो । यसैगरि, खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । प्रमुख अतिथि एवं सुनसरी प्याब्सनका अध्यक्ष विष्णु कोइरालाले १० देखि १५ बर्षसम्मका विद्यार्थीहरुलाई बिशेश ध्यान दिन तथा अभिभावकहरुलाई पनि छोराछोरीलाई समय दिन र शैक्षिक सेवा सुबिधाहरु उपलब्ध गराउन आग्रह गरेका थिए ।

51144416_1984783398492603_2

वराहक्षेत्र प्याब्सनका अध्यक्ष कृष्ण तामाङले निजी विद्यालय हटाउने कुराको भ्रममा नपर्न अभिभावकहरुलाई अनुरोध गरे । आफुहरुले निजी विद्यालय खोलेपनि कक्षा ८ र कक्षा १० को परीक्षा नेपाल सरकारले लिने भएकोले ढुक्का हुन अभिभावकहरुलाई उनले आग्रह गरे । स्कुलका एकाउन्टेन मणि राईको सभापतित्वमा भएको कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरिकृष्ण भट्टराई, सुनसरी प्याब्सन सल्लाहकार मोहन भट्टराई, बराहक्षेत्र प्याब्सन अध्यक्ष कृष्ण तामाङ, दुहबी प्याब्सन, इनरुवा प्याब्सन, धरान प्याब्सन, राजनीतिकर्मी, समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रम संचालन स्कुलका प्रिन्सिपल बिजय राईले गरेका थिए ।