झापा : झापाको र्तिामोडमा रहेको बिर्तासिटि अस्पताल तनाबग्रस्त बनेको छ ।

अस्पतालमा उपचारका लागि पुर्याइएको बिरामीको उपचारकै क्रममा मृत्यु भएपछि मृतकका आफन्तले आक्रोशित हुदै अस्पतालमा गएराति तोडफोड गरेका छन् । मेचीनगर नगरपालिका ५ चारआलीका उमंग राजवंशीका २५ महिने छोरा जेनीस राजंबंशीको मृत्यूका विषयलाई लिएर अस्पतालमा तोडफोड भएको हो ।

आईतबार बालक जेनीसलाई पखाला लागेर उपचारका लागि अस्पताल ल्याएको र अस्पतालले गलत उपचार गरेर बच्चाको मृत्यु भएको भन्दै बच्चाका आफन्तले राति अस्पतालमा ढुङ्गामुढा सहित तोडफोड गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सुवास खड्काले बताए । आक्रोशित भिड नियन्त्रणमा लिन केहि राउण्ड अस्रुग्यास प्रहार गर्नुपरेको थियो । प्रहरीले रातभर अस्पताललाई सुरक्षा दिएको थियो । मृतकका आफन्त र अस्पताल प्रशासन बिच गए राति नै वार्ता भएपनि कुरो नमिलेपछि अहिले वार्ताको तयारी भईरहेको बताईएको छ ।