पथरी : विद्यार्थीबाट टिर्सट खरिद गर्न रकम उठाएपनि लामो समयसम्म पनि टिर्सट विद्यार्थीलाई नदिएको भन्दै मोरङ्गको पथरी क्याम्पसमा दुई विद्यार्थी संगठनले लगाएको ताला सोमबारबाट खोल्ने सहमती भएको छ ।

पथरी बहुमुखी क्याम्पसमा अखिल र अखिल क्रान्तिकारीले क्यापस प्रशासनमा लगाएको ताला खोलेका हुन् । असोज पहिला साता क्याम्पसको लागो अंकित टिर्सट वितरण गर्ने भन्दै क्याम्पसका विद्यार्थी वाट रकम संकलन गरेको थियो । क्याम्पस प्रसासनले टिर्सट खरिदका लागी क्याम्पसका प्राध्यापक शान्तीराम तिम्सीना र स्ववियु सभापती गोपाल साम्वा गिरीस रहने गरि टिर्सट खरिद समिती गठन गरेको थियो । एक महिना भित्रमा टिर्सट विद्यार्थीलाई वितरण गर्ने भनिए पनि ३ महिना बित्दा पनि टिर्सट वितरण नगरेको भन्दै गत माघ १७ देखी दुइ संगठनले क्याम्पस प्रशासनमा तालावबन्दी गरेका थिए । ताला

बन्दी अघि विद्यार्थी संगठनले क्याम्पस प्रमुख चेतन पौडेललाई ध्यानार्कषणपत्र बुझाएका थिए । टिर्सट खरिद प्रक्रियामा अनियमिता भएको र टिर्सट वितरण नभएको भन्दै तालाबन्दी गरेपछि विद्यार्थी संगठन, क्याम्पस व्यावस्थापन समुह र क्याम्पस प्रशासन बिच पटक पटक तालाबन्दी खोल्न सहमतीका प्रयास भएपनि निश्र्कषमा पुगेका थिएन । सोमबार विहान बसेको वैठक पनि सहमतीमा पुगेको थिएन । सोमबार साँझ गरिएको सहमती अनुसार ताला खोलिएको हो । अनेरास्ववियुका विवेक न्यौपानेका अनुसार सहमती भएको १५ दिन भित्र क्याम्पस प्रसासनले विद्यार्थीलाई टिर्सट वितरण गर्ने गरि सहमती भएको जानकारी दिए ।