भोजपुर: पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउण्डेशनको जिल्लामा समिति तथा कार्यालय स्थापना गरिएको छ ।

काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गर्नुभएको सो फाउण्डेशन शाखाको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । कार्यक्रममा सो फाउण्डेशनका प्रदेश नं १ संयोजक इन्दिरा थापाले कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यकासाथ समिति गठन गरिएको बताउनुभयो ।

सो अवसरमा स्व कोइरालाको फोटो प्रदर्शनी समेत गरिएको थियो । जिल्लामा नीरकुमार विकको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । फाउण्डेशनको सहसंयोजक कर्ण मोक्तान, सचिव प्रमेश भारती, सहसचिव अजुर्न बस्नेत, कोषाध्यक्ष पुष्पलता कटवाललगायत रहेकोछ । उनीहरुलाई प्रदेश संयोजक थापाले पदस्थापन गराएका थिए ।