इनरुवा: सुनसरीको दुहबी नगरपालिकामा संघीय समाजवादी फोरम नेपालले वडा भेला बुधबार सम्पन्न भएको छ ।

दुहबी नगर अध्यक्ष दिपक कुमार विश्वासको अध्यक्षतातामा वडा ६ मा भएको भलाले संयोजकमा प्रदिप कुमार हलुवाईसहित ११ सदस्यीय वडा कमिति चयन गरेको छ । यस्तै, किसान संघको संयोजकमा सतन मण्डल, आदिवासी जनजाति फोरम संयोजकमा कुश कुमार राई, शिक्षक संघ फोरम संयोजकमा प्रमोद बडही चयन भएका छन् ।

यस्तै, महिला फोरम संयोजकमा तारा चौधरी, मुस्लिम फोरम संयोजकमा मो.एजाज, मजदूर फोरम संयोजकमा श्रवण खत्वे, युवा फोरम संयोजकमा जितेन्द्र रौनियार चयन भएका छन् । वडाध्यक्ष मुन्ना हलुवाईले चयन भएको नयाँ कमिटीलाई वधाई दिदै सफल कार्यकाल को शुभकामना दिएका छन्।