धरान: गुटबन्दी र समानान्तर कमिटि चलाएको आरोपमा परियार सेवा समाज केन्द्रीय समितिले तीनलाई कारबाही स्वरुप पदमुक्त गरेको छ ।

समाजका केन्द्रीय समिति अध्यक्ष डि.बि.परियारले छुट्टा छुट्टै पत्रमार्फत सुनसरी धरानका समाजका निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली, केन्द्रीय समिति सदस्य सृर्जना परियार र अर्का केन्द्रीय सदस्य लक्ष्मण दासलाई कारबाही गरेको जनाएका छन् । उनीहरुलाई समाजको विरुद्ध समानन्तर गतिविधि, विधान विपरीत कार्य गरेको तथा समुदायको हित र अधिकारमाथि कुठाराघात गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरेको जनाएका छन् ।

खगेन्द्र नेपाली समाजका सुनसरी जिल्ला कार्यसमिति अध्यक्ष थिए भने लक्ष्मण दास र सृर्जना परियार केन्द्रीय समिति सदस्य थिए । जिल्ला अध्यक्ष नेपालीमाथि संगठनको विधि र विधान विपरीत संगठनको गतिविधि अस्वास्थ्य ढंगले समाजको गरिमा माथि असर पर्ने गरि गतिविधि गरेको आरोप लगाइएको छ । केन्द्रीय अध्यक्षको अध्यक्षतामा गत साउन २० गते बसेको सचिवालय बैठकले कारवाही गरेको र पटकपटक पत्र लेखेर जानकारी गराउँदा पनि पत्र समेत नलिएर गतिविधि नरोकेकोले थप कारबाही गर्नुपरेको समाजले जनाएको छ ।

51357552_546582489170487_87