विराटनगर  आफ्ना नेतालाई पक्राउ गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले विहीबार शैक्षिक संस्था बन्द गर्यो ।

बन्दका कारण देशभरका शैक्षिक संस्थाको पठनपाठन प्रभावित भयो । आफ्ना कार्यकर्ता पक्राउको विरोधमा माओवादीले शैक्षिक संस्था बन्द गराएकै दिन प्रहरीले प्रकाण्डका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्मा विरुद्ध अनुसन्धानका लागि १० दिन म्याद थप गरेको छ । विश्वकर्मा गत बिहीबार विराटनगर विमानस्थलबाट तीन राउण्ड गोलीसहित पक्राउ परेका थिए ।

-उद्घोष दैनिकबाट