धरान :  च्याम्पियन इंग्लिस स्कुल धरान १५ ले बिहीबार आखाँ शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

आखाँ शिविर कार्यक्रममा २ सय ९८ जनाले आखाँ जाँच गराएको स्कुलले जवनाएको छ ।
सो कार्यक्रम सेवक अभियान धरान, मखमली आमा समूह धरान १५, श्याम चौक महिला समूह धरान १५, फूलबारी आमा समूह धरान १५ र शुभ महिला वचत समूह धरान १५को सहयोगमा भएको हो ।

कार्यक्रममा स्कुलको अध्यक्ष नेत्र प्रसाद सुवेदी, प्रमुख अथिति प्रदेश नं. १ का सभासद उमिता बराईली रहेको थियो भने विशेष अतिथिमा डा. विजय गौतम (नवदृष्टिी आई हस्पिटल प्रा. लि. इटहरी), राजीव हलुवाई (अध्यक्ष सेवक अभियान धरान), मातृका प्रसाद नेपाल –व्यवस्थापक निर्देशक कपुरी न्युज) लुईस राई (अध्यक्ष नेप्लीज युथ फाउँण्डेसन) र मायाँ राईको उपस्थिती रहेको थियो ।