कैलाली : सुदूरपश्चिम प्रदेश स्थित सरस्वती पूजाको तयारी गरिरहेका कैलालीका एक शिक्षकको मृत्यु भएको छ ।

बाजुराको कुलमाण्डौँ स्थायी घर भई हाल घोडाघोडी नगरपालिका २ साढेपानीमा रहेको दशरथ माविमा कार्यरत २३ वर्षीय शिक्षक हुकुम जैसीको करेन्ट लागेर मृत्यु भएको हो।

करेन्ट लागेर विद्यार्थी सुशील बिष्ट र खम्बिर जोशी घाइते भएका छन्। घाइते विद्यार्थीको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भइरहेको छ।

सरस्वती पूजाको पूर्वतयारीका क्रममा विद्यालय हाताभित्र रहेको हरियो बाँस काटेर तान्ने क्रममा बाँसले हाइटेन्सनको नाङ्गो तारलाई छोएपछि करेन्ट लागेको थियो।