इटहरी : सुनसरीको ईटहरीमा रहेको पाथीभरा एडभरटाइजिंग प्रा.लि ले आईतबार विविध कार्यक्रम गरि आफनो पाँचौ बार्षिकोत्सव मनाएको छ ।

कम्पनीको पाँचौ स्थापना दिवसको अवसरमा पारेर इटहरी २ शान्तिनगरमा रहेको महेन्द्र माध्यामिक विद्यालयलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । श्रीपञ्चमीको दिन पारेर पाँच वर्षअघि स्थापना भएको कम्पनीले विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी भट्टराई मार्फत उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
कम्पनीका तर्फबाट कम्पनीका संस्थापक सल्लाहकार इन्द्रलाल अधिकारी, बोर्ड सदस्य गंगा गौतम अधिकारी एवम कार्याकारी प्रमुख पवन अधिकारीले संयुक्त रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । सो अवसरमा स्थानीय तथा राष्ट्रिय पत्रपत्रीकाहरु वितरण गर्ने वितरकहरुलाई समेत स्टेशनरी सामान वितरण गरिएको छ । यसैबिच कम्पनीले पाँचौ वर्ष पुगेको अवसरमा कार्यलयमा सरस्वती पुजा गरी मनाएको छ ।
उक्त कार्याक्रममा नेपाल पत्रकार महासंघ सुनसरी, विभिन्न मिडियामा आबद्ध पत्रकार एवम् इटहरीमा क्रियाशिल संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कम्पनीले आईतबारबाटै जब लिंक प्रालि समेत सञ्चालनमा ल्याएको जनाएको छ ।