धरान : हिउँदे नगरसभाको रुपमा आज धरान उपमहानगरपालिका नगर कार्यपालिकाको चौथो नगरसभा भइरहेको छ ।

धरान १५ स्थित रिक्रिएशन सेन्टरको हलमा एक दिने सभा चलिरहेको हो । कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा भएको सभामा नगर सदस्यहरुले उठाएका बिषयहरुमा नगर नेतृत्वसँगै सम्बन्धित महाशाखा प्रमुखहरुले पनि जवाफ दिइरहेका छन् । यो नगरसभा बजेट ल्याउन नभै नीतिगत निर्णय तथा ऐन पास गर्न र गत सभाले ल्याएको बजेटको शिर्षक संशोधन गर्नेछ । उनका अनुसार यो नगरसभाले विपद व्यवस्थापन ऐन पास गर्नेछ ।

IMG_20190211_122933

स्थानीय सरकार सञ्चानल ऐनअनुसार बर्षमा २ पटक नगरसभा बस्नुपर्ने हुन्छ । पहिलो सभाले बजेट ल्याउछ भने अर्को सभाले उक्त बजेटलाई परिमार्जन तथा संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने गर्छ । यस्तै, नीतिगत निर्णय र ऐनहरुलाई पनि पास गर्ने गर्छ । ‘यो नगरसभाले खर्च गर्न नसकिने बजेटको शिर्षकलाई संशोधन गर्ने र अर्को शिर्षकमा परिवर्तन गर्ने काम मात्र गर्छ, र ऐन पनि पास पर्छ । बजेट ल्याउने सभा होइन,’सामाजिक विकास महाशाखा प्रमखु गणेशप्रसाद खतिवडाले भने ।

IMG_20190211_133553