विराटनगरः चर्चित साढे ३३ किलो सुनकाण्ड तथा उर्लाबारीका सनम हत्याकाण्डका आरोपिहरुलाई तारेखमा छाड्न आदेश दिएको घटनामा उच्च अदालत विराटनगरका दुई न्यायाधिशलाई न्याय परिषदले काजमा तानेको छ ।

न्याय परिषदले उच्च अदालतका न्यायाधिश जनक पाण्डे र साधुराम सापकोटालाई पनि काजमा तानेको हो । यसअघि उच्च अदालतका मुख्य न्यायाधिशसहित ६ जना न्यायाधिशहरु पनि सोही घटनामा काजमा तानिएका थिए । सुन तस्करी तथा शाक्य हत्या प्रकरणमा अलग अलग इजलाश तोकेर सुनुवाई गरेको र सो क्रममा गम्भीर त्रुटी भेटिएपछि न्यायाधिशहरु नै कारबाहीमा परेका हुन् ।

प्रधानन्यायाधिशमा चोलेन्द्र शमशेर राणा नियुक्त भएपछि न्यायालय सुधार अभियान अन्र्तगत उनीहरुलाई परिषदले काजमा तानेको हो । यसअघि पनि न्यायाधीशहरु डा कुलरत्न भुर्तेल, नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहलाई परिषदले सचिवालय तानिसकेको थियो ।