विर्तामोड: बिर्तामोड नगरपालिका अन्तरगत रहेका १८ वटा सामुदायिक बिद्यालयमा अनिबार्य इ–हाजिरी सेवा सुरु भएको छ ।

ती बिद्यालयमा कार्यरत शिक्षकहरुले फागुन १ गतेदेखि अनिबार्यरुपमा इ हाजिरी गर्नु पर्ने भएको छ । नगर प्रमुख ध्रुवकुमार शिबाकोटीले एक कार्यक्रमका बीच इ हाजिरी सेवाको उद्घाटन गरेका छन् । नगरकी सामाजिक समितिकी संयोजक संगीता शिवाको अध्यक्षतामा भएको कार्यक्रममा नगर शिक्षा अधिकारी युवराज पाण्डेले नगरको शिक्षाको अवस्था बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा नगर शिक्षा अनुगमन समितिका संयोजक उमानाथ ओलीले तयार पारेको अनुगमन प्रतिवेदन प्रस्तुत गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले मन्तव्य राखेका थिए । इ हाजिरी सेवाको वारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा १८ वटा बिद्यायलका प्रअ, सञ्चालक समितिका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।