विराटनगर : अर्थोपेडिक (हाडजोर्नी)का चिकित्सक एवं विशेषज्ञहरुको २४ औँ अर्थोकोन सम्मेलनको पूर्व सन्ध्यामा बुधबार एक दिने प्री कन्फरेनस वर्कसप सम्पन्न भएको छ ।

विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियेलिटी हस्पिटलको सभा कक्षमा प्री कनफरेन्स भएको हो । कन्फरेन्समा अर्थोपेडिक चिकित्सक एवं विशेषज्ञहरुले, उपचार पद्धति एवं नयाँ उपलब्धिबारे अनुभव आदान प्रदान गरेका थिए । उक्त वर्कसपमा न्यूरो अस्पतालका वरिष्ठ अर्थोपेडिक –हाडजोर्नी) सर्जन तथा २४ औँ अथोकोनका आयोजनामा अध्यक्ष डाक्टर नवीनकुमार कर्णको नेतृत्वमा अर्थोस्कोपीबाट हेर्ने तरिका, कृत्रिम जोर्नी फेर्ने तरिका, हड्डीको विशेष शल्यक्रियालगायतको कार्य अनुभव तथा चिकित्सा क्षेत्रमा नयाँ प्रविधिबारे चर्चा गरिएको थियो ।

घुँडासम्बन्धी शल्यक्रियाबारे प्रकाश पार्दै, भारतका एम्स अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन एवं विभागिय प्रमुख डा. एच.एल नागले कुनै पनि शल्यक्रिया कसरी गर्ने तथा उक्त शल्यक्रियाको डाइग्नोसिस पद्धतिबारे अन्य प्रशिक्षार्थीलाई जानकारी गराएका थिए । वर्कसपमा १५ जना वरिष्ठ अर्थोपेडिक सर्जनहरुले आ–आफ्नो कार्य, उपलब्धि तथा हाडजोर्निसम्बन्धी प्रयोगात्मक प्रस्तुती गरेका थिए ।

–नागरिक पूर्वेलीबाट