झापा : विर्तामोडस्थित इडन गार्डेन बोर्डिङ स्कूलले ३० औं बार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।


विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आचार्यको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख युवराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रममा पुरस्कार, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो ।
विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आचार्यले आफ्ना स्वर्गीय माता पिताका नाममा स्थापित इडन गार्डेन टिका–रत्न पत्रकारिता पुरस्कारबाट जनआन्दोलन साप्ताहिककी पत्रकार रेजिना गौतमलाई पुरस्कृत गरिएको हो । पुरस्कृत गौतमलाई कार्यक्रमका विशिष्ट अतिथि एनप्याब्सनका झापा अध्यक्ष सञ्जीव राई, संस्थापक आचार्यसहितले दोसल्ला सम्मान–पत्र तथा नगद ११ हजार राशीसहित पुरस्कृत गरिएको हो ।
उक्त पुरस्कारबाट यसअघि राजेन्द्र गौतम, गणेश पोखरेल, एकराज गिरी र कृष्ण हुमागाँई पुरस्कृत भइसकेका छन् ।
त्यस्तै विद्यालयले यसअघिदेखि नै प्रदान गर्दै आएको साहित्यिक सम्मान यो वर्ष इलामकी स्रष्टा टिका घिमिरेलाई प्रदान गरिएको कार्यक्रममा २०७४ सालको एसइइमा ए प्लस ल्याउन सफल छात्राद्वय सोमिया गुप्ता र सविना मोक्तानलाई स्टुडेन्ट अफ द इयरका रुपमा नगद ५÷५ हजारसम्मानपत्रसहित पुरस्कृत गरिएको थियो । विद्यालयमा अध्ययनरत बालबालिकाका आमाहरु तथा शिक्षिकाहरुले नृत्य प्रस्तुत गरेको कार्यक्रममा सबै कक्षाका बालबालिकाले जातीय संस्कृति झल्कने लोकनृत्यसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए ।
शुशिला अधिकारीले स्वागत गरेको कार्यक्रममा मनोरञ्नात्मक कार्यक्र विद्यार्थी र सम्मान तथा पुरस्कारतर्फ सरोज पौडेलले सञ्चालन गरेका थियो ।