काठमाडौँ  :  सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले सर्वोच्च अदालतमा  काम गरीरहेका थिए ।
प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उहाँलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । उहाँ बिदामा बस्नुभएको थियो । उनको कार्यकाल आगामी जेठसम्म थियो ।