इटहरी : इटहरीमा रहेको नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीले आफ्नो ६ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।

भर्खरै भारतको डिभिएम एजुकेशन च्यारिटेवल एण्ड म्यानेजमेन्ट सोसाइटीसँग सहकार्य गरेको एकेडेमीले आफ्नो वार्षिक उत्सवको अवसरमा उत्कृष्ठ शिक्षक मदन भण्डारी, शिक्षिका सुजता पौडेल, पुजा कार्की तथा असल चालक चिरञ्जीवी माझिलाई पुरस्कृत गरेको छ । त्यसै गरी विभिन्न विद्यामा उत्कृष्ठ विद्यार्थी तथा शिक्षकलाई प्रमाणपत्र प्रदान गरीएको छ ।

डिभिएमका अध्यक्ष धुर्वकुमार सुव्वाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेस इटहरी उपमहानगर सभापती हेमकर्ण पौडेल, डिभिएमका प्रवन्ध सञ्चालक मातृकाप्रसाद आचार्य, प्राचार्य वेणु सिटौला लगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरुले बिद्यालय व्यवसायीक मात्र नभएर सामाजिक कार्यमा पनि संलग्नता रहेको बताएका छन् । डिभिएम एजुकेशन च्यारिटेवल सोसाईटीका अध्यक्ष भचस्पती कुलवन्तको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । वार्षिक उत्सवमा विद्यार्थीहरुले चित्रकला तथा विज्ञान प्रदर्शनि समेत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य देखाएर अभिभावक तथा शिक्षकहरुलाई मनोञ्जन गराएका थिए ।