इटहरी : इटहरी उपमहानगरपालिका १ मा रहेको हाँसपोसा एकेडेमीले आफ्नो १२ औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

एकेडेमीमा तिन सयको हाराहारीमा रहेको उक्त एकेडेमीका विद्यार्थीहरुले आफुमा भएका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा गायन, नृत्य, कविता बाचन, मोडलिङ, नाटक लगायतका विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । एकेडेमीले वर्ष भरी विभिन्न बँुदामा खेलकुद लगायतका प्रतियोगिताका खेलहरु हिसाब दौड, फुटबल, रुमाल लुकाई, चम्चा दौड, बेलुल फुटाई जस्ता खेल लगायतको प्रतियोगितामा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरीएको थियो । एकेडेमीका अध्यक्ष समर वाहादुर कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा इटहरी उपमहानगरपालीका १ का वडा सदस्य विष्णु नेपाली, वडा सदस्य निश्चल पोख्रेल लगायतले आ–आफ्ना धराणा राखेका थिए ।

haasposaa