इनरुवा : सुनसरी सदरमुकाम इनरुवा देखि दक्षिणी क्षेत्रमा रहेको सबैभन्दा पुरानो विद्यालय सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ भुटाहामा रहेको श्री बालकृष्ण उच्च माध्यमिक विद्यालयमा सामुदायिक प्रहरी साझेदारी अन्तरर्गत प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ ।

विद्यायालको स्थपना २००७ सालमा भएको थियो । दक्षिण क्षेत्रका सबैभन्दा पुरानो माध्यमिक तहसम्मको विद्यायालको रुपमा प्रख्यात रहेको छ । कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई जनचेतना मुलक कार्यक्रम दाइजो प्रथा, बालविवाह, बोक्सी आरोप, घरेलु हिंसा, महिला हिंसा, लागुऔषध तथा आगलागी लगायतको विभिन्न जनचेतना मुलक प्रशिक्षण गरिएको भुटाहा प्रहरी चौकीका प्रमुख आत्मराम खतिवडाले जानकारी दिए ।

गाउँपालिका भरीका माध्यमिक विद्यायालहरुमा विद्यार्थीहरुलाई जनचेतना मुलक कार्यक्रम संचालन गरी गाँउ समाजमा रहेको विकृति रोक्न विशेष सहयोग मिल्ने भएकोले जनचेतना मुलक कार्यक्रम विद्यालयमा आयोजना गरिएको खतिवडाले बताए ।

सो विद्यायालका प्रधानाध्यापक नरेश प्रसाद गुप्ताको अध्यक्षतामा गठन भएको सम्पर्क समितिमा सह संयोजक विद्यालयका शिक्षक लिलानाथ शिलवाल, दुई जना छात्र, दुई जना छात्रा, दुई जना अभिभावक, दुई जना विद्यायाल व्यवस्थापन समिति सदस्य र शिक्षक गरि १७ जना सदस्य रहेका छ ।