पथरी : मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा पनि फागुन १५ देखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान थालिने भएको छ ।

पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा औषधि खुवाउन नगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राईले सवैजना नगरवासीलाई औषधि खानका लागि आव्हान गरेका छन् । उनले नगरको स्वास्थ्य शाखाको आयोजना सम्पन्न अन्तरक्रियामा वोल्दै फागुन १५ गते प्रत्येक वडामा कार्यक्रमको उद्घाटन् गरी घर घरमा गएर स्वास्थ्यकर्मीले औषधि खुवाउने अभियान रहेको जानकारी गराए । उनले नगरका नीजि अस्पताल सहितका सरोकारवाला निकायलाई औषधि खुवाउने अभियानमा लाग्न समेत आव्हान गरेका छन् ।

स्वास्थ्य संयोजक मुरारी आचार्यले नगरमा ५० जना स्वास्थ्यकर्मी परिचालन गरी १ साताको अवधिमा सवैलाई औषधि खुवाइसक्ने योजना रहेको वताए । सवैलाई औषधि खान र खुवाउन प्रेरित गर्ने उद्धेश्यले विहीवारदेखि प्रत्येक वडामा २० जनाका दरले समाजका विभिन्न क्षेत्रका अगुवालाई राखेर ओरेन्टेशन् कार्यक्रम सुरु गरिएको उनले वताए ।

नगरमा १ दर्जनको संख्यामा हात्तीपाइले संक्रमित भई औषधि खाइरहेका छन् ।