पथरी : सरकारी तथा सामुदायीक विद्यालयका विद्यार्थीमा पुस्तक पढने कार्यको विकास वृद्धि होस भन्दै राष्ट्यि सामुदायिक विकास केन्द्र र वल्र्ड भिजन इन्टरनेशनलले १ नम्वर प्रदेशका सामुदायिक विद्यालयका प्रत्येक कक्षा कोठामा सहयोगी सामग्रीका रुपमा पुस्तक कुना खडा गर्ने अभियान थालेको छ ।

पथरीशनिश्चरे नगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग किताव परियोजना तथा डिजिटल किताव बजार सम्वन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा, सामुदायिक केन्द्रकी शोभा बजगाईं र वर्ड भिजनका सन्देश पाण्डेले विद्यार्थीलाई कसरी पठन सामग्री सहज पहुँचमा पुर्याएर गुणस्तरीय एवम् प्रभावकारी शिक्षा पुर्याउने सकिन्छ भन्ने उद्धेश्यले अभियान अघि बढेको वताए ।

उपयुक्त कक्षा कोठा, शिक्षक विद्यार्थीको उपयुक्त अनुपात, समयभित्रै निशुल्क पाठ्यपुस्तकको उपलब्धता, बालिकाका लागि विद्यालयमा शौचालयको सुविधा र कक्षाकोठामा पुस्तक कुना रहनु पर्ने सरकारी नीति अनुरुप अभियान अघि बढाइएको उल्लेख छ । हाल मोरङ, सुनसरी र इलाममा अभियान अघि बढेकोमा मोरङ र सुनसरीका विद्यालयमा १८ प्रतिशत विद्यालयमा मात्र पुस्तक कुना रहेको वल्र्ड भिजनले तथ्यांक बाहिर ल्याएको छ ।