इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकामा करिब तीन दशक अघिदेखि संस्थागत रुपमा सञ्चालनमा आएको पाथिभरा माध्यमिक विद्यालयले अभिभावक दिवसको अवसरमा शिक्षक तथा विद्यार्थीलाई सम्मान गरेको छ ।

विद्यालयको २७ औं अभिभावक दिवसको अवसर पारेर विद्यालयले शिक्षक विजय पौड्याल, विद्यार्थीहरु डोना गुरुगं, संस्कृति भट्टराई र विवेक लिम्वुलाई सम्मान गरेको हो । विद्यालयले उत्कृष्ट शिक्षक रुपमा पौड्याल र मिस टिनमा दुई पदक जित्न सफल डोना र एसइइमा उत्कृष्ट नतिजा ल्याउने भट्टराई, लिम्वुलाई सम्मान गरेको हो । उनीहरुालई विद्यालयका अध्यक्ष टिकाराम पुरीले सम्मान गरेका थिए ।

सो अवसरमा विद्यालयका प्राचार्य गोपाल श्रेष्ठले विद्यालयलाई आगामी नयाँ शैक्षिक सत्रदेखि प्रविधियुक्त बनाउने साथै अभिभावक, विद्यालय तथा विद्यार्थीहरुलाई समन्वय गरी अघि बढ्ने वताए । प्याब्सन केन्द्रीय उपाध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफुमा निहित प्रतिभाहरु प्रस्तुत गरेका थिए । अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत गरेको विद्यालयका प्रवन्धक निर्मल रिजालले जानकारी दिए ।