इनरुवा : सुनसरीको दक्षिणवर्ति क्षेत्रमा रहेको देवानगञ्ज गाउँपालिकामा आइतबार नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री झलनाथ खनालले सुनसरीको देवानगञ्ज जनसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसले माथि देशमा भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाएको छ ।

खनालले कांग्रेस पार्टी भित्रको बढ्दो असन्तुष्टि र गुटका कारण अत्तालिएको भन्दै नेकपाको सरकार विरुद्धको देश विकासमा विरोधमा केन्द्रित भएको बताए । सुनसरीको देवानगञ्जमा जनसभा तथा बृहत पार्टी प्रवेश कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खनालले जनताबाट पत्तासाफ भएको कांग्रेसले विकासका काम देख्न नचाहेको बताए ।
काँग्रेसले देशको लामो समय सम्म सता हातमा रहेतापनि कमजोर सोच र दुरदृष्टि पार्टी भित्र गुठ उपगुठका कारण नेपाली कांग्रेसले देश र जनताको सवालमा केही गर्न नसकेको बताएका खनालले नेपाल समृद्धि र बिकासमा वर्तमान सरकारले कायापलट गरेको बताए । नेकपाको सरकारलाई कसैले डगमगाउन नसक्ने उनको भनाई थियो ।