पथरी: राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि पथरीशनिश्चरे नगरपालिकाले फागुन १५ गतेदेखि अभियान थाल्ने भएको छ ।

सोमवार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै अभियानबारे जानकारी दिएको हो । नगर प्रमुख दिलिपकुमार राईले सबै नगरबासीमा हात्तिपाइले विरुद्धको औषधी खान आग्रह गरेका छन् । पटकपटक राष्ट्रीस्तरवाटै हात्तिपाइले उन्मुलनका लागी औषधी खुवाइए पनि प्रभावकारी रुपमा सफल नभएकाले सफल पार्न पनि अभियान थालिएको राईले वताए । फागुन १५ गते नगरका १० स्थानबाट औषधी खुवाइने अभियान शुरु गरिनेछ ।

पथरीशनिश्चरेको वडा नम्वर १ मा शहरी स्वास्थ्य केन्द्र, २ मा स्वास्थ्य चौकी, ३ मा वडा कार्यालय पिपलचौक, ४ मा वडा कार्यालय शनिश्चरे, ५ मा स्वास्थ्य चौकी हसहन्द, ६ मा भातेगौडा, ७ मा वडा कार्यालय किरातीचौक, ८ मा वुद्ध माबि सोमवारे, ९ मा स्वास्थ्य चौकी शनिश्चरे र १० मा मंगलबारे बजारमा अभियानको थालनी गरिने नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए । हात्तीपाइलेको जोखीम काम गर्न मात्र नभइ यो रोगको उन्मुलन गर्न पनि अभियान लाई नगरमा प्रभावकारी वनाउन लागीएको नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले बताइन ।

IMG_2756

नकारात्मक धारणाले गर्दा धेरै नगरवासीले अधिल्ला कार्यक्रममा औषधी खान नमानेकाले पनि यसका वारेमा वनेका नकारात्मक धारणा हटाउन सञ्चारकर्मी र सन्चारमाध्यमको भुमिका रहने प्रमुख राईले बताए । हात्तिपाइलेको औषधी विकसित राष्ट्रले उत्पादन गरी विकसोन्मुख राष्ट्रमा प्रयोग गर्ने.गरेको भन्ने गलत प्रचारका कारण पनि धेरैले औषधी खान आलटाल गर्ने गरेकाले पनि यसको उन्मुलनमा सफलता प्राप्त गर्न नसकीएको स्वास्थ्य संयोजक आचार्यले वताए । विश्व स्वास्थ्य संगठनले प्रमाणीत गरेको औषधी वितरण गरिने भएकाले पनि ढुक्कले औषधी खान पनि आचार्यको सुझाव थियो ।

औषधी खाएपछि वाकवाक लाग्नु, रिङटा लाग्नु स्वाभाविक भएकाले कुनै पनि प्रकारका समस्या भए नडराउन उनको सुझाव थियो । फागुन १५ वाट सुरु हुने अभियानका लागी नगरका सवै वडामा स्वास्थ्यकर्मीको टोली पारिचालन हुने छ भने घरघरमा गएर स्वास्थ्यकर्मीले नगरवासीमा औषधी खुवाउने भएका छन् ।