धरान: फाल्गुन १८, १९ र २० गते धरानमा आयोजना हुन लागेको किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको प्रचार अभियान अन्तर्गत सोमबार साइकल र्याली निकालिएको छ ।

किराया जिल्ला सुनसरीको आयोजनामा जिल्ला साइक्लिङ संघ सुनसरीको सहयोमा साइकल र्याली भएको हो । धरान–१० स्थित यलम्बर संग्राहलय भवन (यायोक्खा भवन) बाट विहान शुरु भएको साइकल र्याली पुतलीलाईन, भानुचोक, छाताचोक, चतरालाइन हुदै मंगलबारे चोक, बीच घोपा, रत्न चोक, बुद्ध चोक, धनकुटे रोड, भोटेपुल हुदै आचार्यलाइन हुँदै पुनः यलम्बर भवनमा आएर टुङगीएको थियो । र्यालीमा साइक्लिङ संघका ३० जना र किरायाका केन्द्र तथा जिल्लाका पदाधिकाहरुसहित करिब ५० जनाको सहभागीता रहेको प्राचर–प्रसार संयोजक शम्भु राईले बताए ।

धरानको पहिचानसंग जोडिएको साइक्लिङमार्फत महाधिवेशनको प्रचार गरिएको किराया सुनसरी जिल्ला सचिब राजेन्द्र राईले बताए । किरायाको महाधिवेशनको प्रचारमा सहकार्य गरेकोमा साइक्लिङ संघका अध्यक्ष राजेन्द्र लिम्बूलाई बधाइपत्र हस्तानतरण गरियो । र्यालीमा किरायाका केन्द्रीय सदस्यत्रय सुभचन्द्र राई, दोर्पध्वज राई र रामकर राई, किरायाका सुनसरी जिल्ला अध्यक्ष बलराम राई, उपाध्यक्ष नागेश चन्द्र राई, सल्लाहकार तथा एन्फा मानार्थ बरिष्ठ उपाध्यक्ष किशोर राई, सल्लाहकार प्रकाश राईलगायतको सहभागीता रहेको थियो । प्रदेश १ को नामाकरण ‘किरात’ हुनपर्छ भनेर दबाब मुलक ढंगबाट अभियानलाई तिब्रता दिइएको छ ।