धरान : द्वन्दकालको अत्याधुनिक हतियारसहित बिप्लब माओबादीका एक कार्यकर्ता धरान पानबारीबाट पक्राउ परेका छन् ।

प्रहरीले चेकिङको क्रममा पानबारीबाट हतियारसहित पक्राउ गरेको हो । उनको साथ बाट एलएमजी र एम 16 राइफल पनि बरामद भएको छ । मोटरसाइकलमा २ जना आउदै गर्दा ऊनी समातिएका हुन । अर्का एक जना भने फरार भएको प्रहरी स्रोतले जनाएको छ । बेलबारी १० का देबकुमार लिम्बु समातिएका हुन । अहिले उनलाई पनबारीस्थित प्रहरी चौकीमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ । जिल्लाका एसपी, संघीय प्रहरी प्रमुख पनि पानबारीमा छन भने प्रदेश प्रहरी प्रमुख डिआइजी पनि यहि घटनाबारे बुझ्न पानबारी आउदैछ्न । यो घटनाले सेना समायोजन हुँदा तत्कालीन माओवादीले सबै हतियार नबुझएको पुष्टि भएको छ ।

panbari-police--2