विराटनगरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकोप्रति प्रदेश नं १ को सरकारले शोक व्यक्त गरेको छ ।

बुधबार आकस्मिक मन्त्रिपरिषद बैठक बसेर प्रदेश सरकारले शोक व्यक्त गरेको हो । यसैगरी, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक शोक वक्तब्य जारी गर्दै हेलिकोप्टर दुर्घटनाको घटनाले प्रदेश सरकार मर्माहत भएको बताएका छन् । मुख्यमन्त्री राईले जारी गरेको वक्तव्यमा भनिएको छ,'यो दुखद घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ ।'

विद्यार्थी जीवन हुँदै संगठन र संघर्षबाट अघि बढेका अत्यन्त जुझारु युवा नेता अधिकारीसहित हेलिकोप्टरमा सवार सबै यात्रुको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको वक्तव्यमा उल्लेख छ । 'दुर्घटनामा निधन भएका सबै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु,' मुख्यमन्त्री राईले जारी गरेको व्यत्तव्यमा भनिएको छ ।