भुटाहा: सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २ स्थित जामिअतुल इस्लाह अल इस्लामीया मदरसाले विविध गरि आफ्नो बार्षिक उत्सव मनाको छ ।

यो मदरसा नेपालकै सबैभन्दा ठूलो मदरसाकोरुपमा मानिन्छ । आफ्नो वार्षिकोत्सवको अवसरमा दुई दिन शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता लगायतका कार्यक्रमहरु मदरसाले आयोजना गर्यो । मदरसाले बुधबार महिला अभिभावक आमसभा गरेको थियो भने बिहिबार बार्षिक उत्सवकै अवसरमा पुरुष अभिभावक जनसभा अयाोजना गरेको थियो ।

बार्षिकोत्सवमा विद्यार्थीहरु पनि मनोरञ्जन गरी रमाएका थिए । दैनिक पठन पाठन छाडेर अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरु रमाएका देखिन्थे । कोही नृत्य गरिरहेका, कोही अतिथिको स्वागतमा ब्यस्त थिए । कोही विद्यार्थीहरु गाउँदै थिए भने कोही नाच्दै गरेका थिए । हरेक बर्ष विभिन्न बिशेष कार्यक्रम गर्दै आएको मदरसाले यो बर्ष पनि बार्षिक उत्सवको अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो ।

मदरसाका प्रधानाध्यापक मौलाना जमिल फलाहीले सबैको सहयोगबाट मदरसा यो अवस्थासम्म आउन सफल भएकोमा सबैलाई धन्यवाद दिए । बालबालिकाले जानेका प्रतिभा अभिभावक र आम नागरिकमा पुर्याउन यस्ता कार्यक्रम हरेक बर्ष गर्दै जाने उनले स्पष्ट पारे । सोही अवसरमा बालबालिकाले आफ्ना प्रतिभा देखाएका थिए ।