इटहरी: सुनसरीको इटहरीमा रहेको सुनसरी सेन्टजेम्स स्कुलले आफ्नो २० औ वार्षिक उत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ ।

सेन्टजेम्स स्कुलले आफ्नो वार्षिक उत्सवको अवसरमा बिभिन्न खेलको प्रतियोगिता गरी बिजेताहरुलाई पुरस्कार बितरणसमेत गरेको छ । अतिरित्त, क्रियाकलापबाट बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने मुख्य उद्देश्य राखेर बिभिन्न खेलको आयोजना गरिएको विद्यालयले जनाएको छ । बिद्यार्थीहरुलाई शैक्षिक ज्ञानसँगै बिभिन्न व्यवहारिक ज्ञानको बिकास गर्दै सुनसरी सेन्टजेम्स स्कुलले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

स्कुललको वार्षिक उत्सवको अवसरमा सञ्चालन भएको बिभिन्न खेल प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो हुने खेलाडीहरुलाई मेडल, प्रमाण पत्र बितरण गरिएको थियो । सोही कार्यक्रममा सञ्चार क्षेत्रमा योगदान गरेको भन्दै पवन अधिकारीलाई सम्मान समेत गरिएको थियो । स्कुलको वार्षिक उत्सवको अवसरमा अभिभावक तथा बिद्यार्थीहरुलाई सम्बोधन गर्दै बिद्यालयका प्रिन्सिपल कविन्द्र मण्डलले आगामी दिनहरुमा बिद्यालयलाई प्रविधिमैत्री बनाउदै लैजाने बताए । मण्डलका अनुसार बिद्यार्थीहरुलाई समयसापेक्ष शिक्षा प्रदान गरिनेछ । कार्यक्रममा इटहरी वडा नम्बर ६ का वडाध्यक्ष दिपक गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।